मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन्।

बिहीबार काठमाडौँमा गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताए।

सांसद कोइरालाले भने, ‘आजको दिन पनि हामी सरकारमा छौँ। नेपाली कांग्रेस सरकारमा छ। नेपाली कांग्रेस र एमाले सरकारमा नै छौँ। हामीले सुशासनको लागि त कुरा गर्नुपर्‍यो, अगाडि बढाउनुपर्‍यो। भन्न त नहुने, सुशासन पटक्कै छैन भनेपनि हुन्छ।’

उनले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप लगाए।

उनले भने, ‘उहाँहरुलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ, मन्त्रिपरिषद्‍मा जान्छ, उहाँहरुलाई मन लाग्यो तेस्रो नम्बर लिनुहुन्छ, आफूलाई चित्त बुझेको छ भने एक नम्बर हालिदिनुहुन्छ, त्यसरी गइरहनुभएको छ। सुशासन पटक्कै छैन। हामीले यो कुरा भन्ने की नभन्ने। नेपाली कांग्रेस हामी सत्ता पक्षका हौँ। तर हामी सरकारमा छैनौँ।’

सांसद काइरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरुको भएको बताए।

उनले नेपाल अफ्ठ्यारोमा परेको भन्दै अबका दिनमा कुनैपनि पार्टीको पछि नलाग्ने स्पष्ट पारे।
file pic

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP