शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् । आज (बुधबार) बाराको सिमरामा अयाोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको जन्म नै अप्राकृतिक ढंगले भएको, यसले देश र जनताको हितमा काम गर्न नसक्ने र धेरै लामो पनि नटिक्ने बताएका हुन् ।

आफू पछिल्लो पटक प्रधानमन्त्रीको हैसियत रहँदा भ्रष्टाचारको विरुद्ध एउटा अभियान छेडेकै उनले बताए । उक्त भ्रष्टाचारविरुद्धको अभियान नेपालको इतिहासमा पहिलो ठूलो अभियान रहेको प्रचण्डको दाबी छ । सो अभियानमा राजनीतिक दलका नेता, कर्मचारीतन्त्रका ठूल्ठूला हाकिमहरु, भूमाफियाहरुलगायत सबैलाई छानविनको दायरामा ल्याइएको उनले बताए । त्यसले जनतामा आशा, थोरै भरोसा जगाएकै अवस्थामा सामाजिक न्यायको पक्षमा पनि नागरिकताको समस्या, मिटरव्याज पीडितको समस्यालगायतका क्षेत्रमा तत्कालीन सरकारले उल्लेखनीय कार्य गरेको उनले बताए ।

आफू नेतृत्वको तत्कालीन सरकारले जनपक्षीय काम गरिरहँदा दलाल, विचौलिया र प्रतिक्रियावादी शक्तिहरुले सरकार ढालेको उनले सुनाए । अहिलेको सरकारको जन्म नै अप्राकृतिक रहेकाले पनि यो धेरै नटिक्ने उनको जिकिर छ ।

‘सबै राम्रो काम हुँदैगर्दा कहीँ न कहीँ सरकार दलालहरुले, विचौलियाहरुले या प्रतिक्रियावादीहरुले अनेक षड्यन्त्र गरे । म अहिले त्यसको लामो ब्याख्या गर्दिनँ । तर, त्यो टिक्ने र चल्नेवाला छैन । किनभने यसको जन्म नै गलत तरिकाले, अप्राकृतिक तरिकाले जन्मिएको सरकार भएको हुनाले यो धेरै अगाडि जाने कुरा पनि छैन । यसले राष्ट्र र जनताको पक्षमा राम्रो काम गर्न सक्ने स्थिति पनि छैन । किनकी यसको जन्म भएकै भ्रष्टाचारीलाई बचाउन हो,’– प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP