मंगलबार , जेठ १४, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् । आज (बुधबार) बाराको सिमरामा अयाोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको जन्म नै अप्राकृतिक ढंगले भएको, यसले देश र जनताको हितमा काम गर्न नसक्ने र धेरै लामो पनि नटिक्ने बताएका हुन् ।

आफू पछिल्लो पटक प्रधानमन्त्रीको हैसियत रहँदा भ्रष्टाचारको विरुद्ध एउटा अभियान छेडेकै उनले बताए । उक्त भ्रष्टाचारविरुद्धको अभियान नेपालको इतिहासमा पहिलो ठूलो अभियान रहेको प्रचण्डको दाबी छ । सो अभियानमा राजनीतिक दलका नेता, कर्मचारीतन्त्रका ठूल्ठूला हाकिमहरु, भूमाफियाहरुलगायत सबैलाई छानविनको दायरामा ल्याइएको उनले बताए । त्यसले जनतामा आशा, थोरै भरोसा जगाएकै अवस्थामा सामाजिक न्यायको पक्षमा पनि नागरिकताको समस्या, मिटरव्याज पीडितको समस्यालगायतका क्षेत्रमा तत्कालीन सरकारले उल्लेखनीय कार्य गरेको उनले बताए ।

आफू नेतृत्वको तत्कालीन सरकारले जनपक्षीय काम गरिरहँदा दलाल, विचौलिया र प्रतिक्रियावादी शक्तिहरुले सरकार ढालेको उनले सुनाए । अहिलेको सरकारको जन्म नै अप्राकृतिक रहेकाले पनि यो धेरै नटिक्ने उनको जिकिर छ ।

‘सबै राम्रो काम हुँदैगर्दा कहीँ न कहीँ सरकार दलालहरुले, विचौलियाहरुले या प्रतिक्रियावादीहरुले अनेक षड्यन्त्र गरे । म अहिले त्यसको लामो ब्याख्या गर्दिनँ । तर, त्यो टिक्ने र चल्नेवाला छैन । किनभने यसको जन्म नै गलत तरिकाले, अप्राकृतिक तरिकाले जन्मिएको सरकार भएको हुनाले यो धेरै अगाडि जाने कुरा पनि छैन । यसले राष्ट्र र जनताको पक्षमा राम्रो काम गर्न सक्ने स्थिति पनि छैन । किनकी यसको जन्म भएकै भ्रष्टाचारीलाई बचाउन हो,’– प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP