मंगलबार , बैसाख २९, २०८३

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालमा जहिल्यैपनि तस्करी प्रकरणमा भरियामात्रै समातिने तर मालिक नसमातिने विडम्बना भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले भने,‘हिजो २५ करोड बराबरको विदेशी मुद्रासहित व्यक्ति समातिएको विषयमा यहाँ धेरै माननीयज्यूले कुरा उठाउनुभयो, अहिले संसदमा माननीय गृहमन्त्रीज्यूपनि यहीँ हुनुहुन्छ, नेपालमा जहिल्यैपनि भरिया समातिन्छन् । मालिक समातिदैनन् । मेरो आग्रह छ कि मालिक समातेर देखाउनुहोस । यो २५ करोड कुनै भरियाको पैसा होईन । हिजो सार्वजनिक लेखा समितिको पनि बैठक बसिरहेको थियो, मैले यो सुन तस्करको पैसा हो भनेको थिएँ ।’

उनले नेपालमा यसअघिपनि भएका विभिन्न सुन काण्डका प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेका छन् । सरकारले विभिन्न प्रकारको काण्डमा रिपोर्ट बनाउने गरेको तर रिपोर्ट बाहिर ल्याउन नसकेको गुनासो पोखे । उनले गृहमन्त्री रमेश लेखकलाई मुलुकको पछिल्लो अवस्थाबारे पार्टीको बैठकमा भन्दापनि सदनमा ब्रिफिङ गर्न सुझाव दिए ।

उनले काठमाडौं, ललितपुरका विभिन्न ठाउँमा जुलुश निस्किएको र धनुषामा यादव चोकको नाममा गोली चलेको घट्ना स्मरण गराउँदै के देशमा अशान्ति भएको हो ? भन्दै सरकारसमक्ष प्रश्न तेर्साए । उनले देशको राष्ट्रिय राजनीति र अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनुपर्ने आग्रह गरे । उनले आजको दिनमा नेपालको सुरक्षा खतरामा रहेको र वैदेशिक सम्बन्धपनि सबैसँग खराब रहेको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP