आइतबार , भाद्र १४, २०८३

मन्त्रिपरिषद्ले नेपाल सकरारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । गत चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नेलगायत विभिन्न ११ वटा निर्णय गरेको छ ।

त्यस्तै, विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा श्री नरेशराज अर्याललाई नियुक्त गर्ने र चैत २४ गते रामनवमीका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने पनि निर्णय भएको छ ।

त्यस्तै, सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी ्र प्रमुख पदमा दिनेश प्रसाद भट्टलाई नियुक्त गरेको छ ।नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP