मंगलबार , जेठ १४, २०८२

मन्त्रिपरिषद्ले नेपाल सकरारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । गत चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नेलगायत विभिन्न ११ वटा निर्णय गरेको छ ।

त्यस्तै, विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा श्री नरेशराज अर्याललाई नियुक्त गर्ने र चैत २४ गते रामनवमीका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने पनि निर्णय भएको छ ।

त्यस्तै, सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी ्र प्रमुख पदमा दिनेश प्रसाद भट्टलाई नियुक्त गरेको छ ।नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP