सोमबार , असार १५, २०८३

काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर लोडेड ट्रक प्रहरीले सोमबार राति नियन्त्रणमा लियो।

ना ७ ख १६५२ नम्बरको उक्त ट्रक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामाले हाकिरहेका थिए। भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएका थिए।

पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। उनलाई विशेष व्यरोको सूचनाको आधारमा नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाइ छ।

लामा रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनीमाथि छानबिन थालिएको प्रहरीले जनाएको छ।

लामा यसअघि पनि गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ। प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्ति हुन्।

सात किलो सुनसहित २०७८ मा उनी पक्राउ परेका थिए। तर, उनी तत्काल छुटेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP