शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा राजावादीहरुको गतिविधिबारे समीक्षा भएको छ । आज (मंगलबार) बसेको बैठकले राजावादीहरुको क्रियाकलापको समीक्षा गर्दै आगामी चैत १० गते कार्य सम्पादन समितिको बैठकसमेत आह्वान गरेको छ । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बैठकमा राजावादीहरुको गतिविधिको बारेमा छलफल भएको र अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप निर्णय लिने बताए ।

‘यसमा समान्य समीक्षा भयो । हामीले जुन संविधान निर्माण गरेका छौं, जनताबाट निर्वाचित प्रतिनिधिहरुले यो संविधान निर्माण गरेको हो । त्यसकारण जनताले बनाएको संविधानबाट सरकार सञ्चाजित छ । उपलब्धीको रक्षा गर्ने कुरा हो । त्यसमा कुनै दुविधा छैन,’ प्रवक्ता महतले भने, ‘यस व्यवस्थाअन्तर्गत निर्वाचित सरकारको कमीकमजोरी छ भने, जनअपेक्षा पूरा भएको छैन भने त्यो अपेक्षा पूरा गर्ने दायित्व पनि सरकारको नै हो । १० गतेको मिटिङमा पनि हामीले यो समीक्षा गर्छौं ।’

साथै, उनले बैठकमा सर्वदलीय सरकारको बारेमा कुनै छलफल नभएको बताए । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका शक्तिहरु यो संविधान र व्यवस्थाकै पक्षमा हरेको र उनीहरु सत्तामा आउँदामात्रै व्यवस्था र संविधान बलियो हुने भन्ने नरहेको उनले बताए । गणतन्त्र र संविधानको रक्षाको पक्षमा ओवादीलगायतका सबै दलको एक मत रहेको पनि उनले बताए । ‘अहिले सर्वदलीय सरकारको बारेमा केही कुरा भएको छैन । विपक्षीमा रहेका दल माओवादीलगायत पनि संविधान रक्षाकै पक्षमा छन् । जुन गणतान्त्रिक व्यवस्था यो संविधानले सुनिश्चित गरेको छ, त्यसकैको पक्षमा छन् । यो ईश्यूमा सबै एकमत छन्,’– प्रवक्ता महतले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP