शुक्रबार , चैत्र २८, २०८१

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा राजावादीहरुको गतिविधिबारे समीक्षा भएको छ । आज (मंगलबार) बसेको बैठकले राजावादीहरुको क्रियाकलापको समीक्षा गर्दै आगामी चैत १० गते कार्य सम्पादन समितिको बैठकसमेत आह्वान गरेको छ । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बैठकमा राजावादीहरुको गतिविधिको बारेमा छलफल भएको र अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप निर्णय लिने बताए ।

‘यसमा समान्य समीक्षा भयो । हामीले जुन संविधान निर्माण गरेका छौं, जनताबाट निर्वाचित प्रतिनिधिहरुले यो संविधान निर्माण गरेको हो । त्यसकारण जनताले बनाएको संविधानबाट सरकार सञ्चाजित छ । उपलब्धीको रक्षा गर्ने कुरा हो । त्यसमा कुनै दुविधा छैन,’ प्रवक्ता महतले भने, ‘यस व्यवस्थाअन्तर्गत निर्वाचित सरकारको कमीकमजोरी छ भने, जनअपेक्षा पूरा भएको छैन भने त्यो अपेक्षा पूरा गर्ने दायित्व पनि सरकारको नै हो । १० गतेको मिटिङमा पनि हामीले यो समीक्षा गर्छौं ।’

साथै, उनले बैठकमा सर्वदलीय सरकारको बारेमा कुनै छलफल नभएको बताए । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका शक्तिहरु यो संविधान र व्यवस्थाकै पक्षमा हरेको र उनीहरु सत्तामा आउँदामात्रै व्यवस्था र संविधान बलियो हुने भन्ने नरहेको उनले बताए । गणतन्त्र र संविधानको रक्षाको पक्षमा ओवादीलगायतका सबै दलको एक मत रहेको पनि उनले बताए । ‘अहिले सर्वदलीय सरकारको बारेमा केही कुरा भएको छैन । विपक्षीमा रहेका दल माओवादीलगायत पनि संविधान रक्षाकै पक्षमा छन् । जुन गणतान्त्रिक व्यवस्था यो संविधानले सुनिश्चित गरेको छ, त्यसकैको पक्षमा छन् । यो ईश्यूमा सबै एकमत छन्,’– प्रवक्ता महतले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP