शनिबार , भाद्र १३, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घको पिएनओ केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “गैर–आवासीय नेपाली सङ्घ मात्र नभई नेपाल सरकार पनि यस विषयमा प्रतिबद्ध छ ।” दोस्रो विश्वयुद्धपछि विभिन्न कारणले विभिन्न देशहरूमा गएर बसोवास गरेका नेपालीको विषयमा सरकार सचेत रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गैर–आवासीय नेपालीको अवस्था विभिन्न प्रकारका हुन्छन्, केही स्थायी रूपमा विदेशमा छन् भने केही अस्थायी रूपमा पेसा वा व्यवसायमा संलग्न छन् । यस परिप्रेक्ष्यमा, के कस्ता नीति लिनुपर्छ, सरकारले के कस्ता अपेक्षा राख्न सक्छ, गैर–आवासीय नेपालीहरूले के कस्ता योगदान दिन सक्छन् र नेपालले उनीहरूबाट के कस्ता अपेक्षा गर्न सक्छ भन्ने विषयमा यो सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने छ, भन्ने विश्वास लिएको छु ।’

यस सम्मेलनले गैर–आवासीय नेपालीहरूलाई आफ्नो पैत्रिक थलो पत्ता लगाउन मद्दत गर्ने उहाँको बुझाइ छ । विशेषगरी कम्बोडिया, म्यानमार, थाइल्यान्ड, मलेसियाजस्ता देशहरूमा रहेका नेपालीहरूको मूल थलो पत्ता लगाउन कठिन भइरहेको छ, तर यो सम्मेलनले त्यसक्षेत्रमा पनि योगदान दिनेछ भन्ने मलाई विश्वास छ । गैर–आवासीय नेपाली सङ्घ मात्र नभई नेपाल सरकार पनि यस विषयमा प्रतिबद्ध छ ।”

नेपाल सरकारको उच्च तहबाट प्रतिनिधित्व हुनुले पनि उक्त विषयमा सरकारको चासो र रुचि पुष्टि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो रुचि केवल औपचारिक छैन, यो सार्थक र उद्देश्यपरक छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP