शनिबार , जेठ २५, २०८२

नेपाली कांग्रेसका नेता, प्रतिनिधि सभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिंचाइराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन नहुने बताएका छन् । शुक्रबार रामेछापको मन्थलीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई मन्त्रीबाट हटाएपनि पदको लोभ नरहेको तर कुलमानजस्तो काम गर्ने मान्छेलाई हटाउन नहुने बताएका हुन् । उनले आफूलाई देश र जनताको पक्षमा काम गर्ने मान्छेको लोभ रहेको बताए ।

आफू राज्यमन्त्री हुनुअघिसम्म कुलमानसँग कुनै चिनजान नै नरहेको बताउँदै उनले मन्त्री भएपछि उनको काम गराइबाट प्रभावित भएको सुनाए । उनले कुलमानलाई हटाउने नियतको साथ मन्त्रालयका सचिवहरुले स्पष्टीकरण सोधेको सोध्यै गरेको भन्दै आपत्ति जनाए । जति नै स्पष्टीकरण सोधे पनि कुलमानले आफ्नो काम नछाडेको उनले बताए । कुलमानको पक्षमा आफूले हिजो पनि बोलेको र आगामी दिनमा पनि बोलिनै रहने उनले प्रतिवद्धता व्यक्त गरे ।

‘मलाई भोलि नै मन्त्रीबाट हटाए पनि पदको लोभ छैन । तर, यो देशमा काम गर्ने मान्छेको लोभ छ । चाहे जनजाति, दलित, खस होस्, हामीले काम गर्ने मान्छेको लोभ गर्नुपर्छ । मैले कुलमान घिसिङको विषयमा काम गर्ने मान्छेलाई निकाल्न हुँदैन भनेको छु । कुलमानजी कुन पार्टीको हो मलाई थाहा छैन, मेरो मन्त्रालयको कर्मचारी हो । यही जिल्लाको मान्छे हो कुलमान घिसिङ । मेरो घर पर्छ सोलुखुम्बुको सिमानामा, कुलमानको घर पर्छ काभ्रेको सिमानामा । म मन्त्री हुनु अगाडि कुमान घिसिङसँग बसेर पाँच कप चिया पनि खाएको छैन । मेरो चिनजान नै राम्रो छैन । तर, मन्त्री भएपछि मेरो कर्मचारी हो उहाँ । म साउन १८ गते मन्त्री भएँ । मैले उहाँले काम गरेको देखेँ । उहाँलाई हाम्रो मन्त्रालयबाट सचिवले स्पष्टीकरण लेखेको लेख्यै गर्छ । उहाँ काम गरेको गर्यै । ए कुलमानजी कहाँ भन्छु ? कहिले अपार तामाकोशी, कहिले पूर्वमा, कहिले पश्चिममा,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP