आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका नेता, प्रतिनिधि सभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिंचाइराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन नहुने बताएका छन् । शुक्रबार रामेछापको मन्थलीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई मन्त्रीबाट हटाएपनि पदको लोभ नरहेको तर कुलमानजस्तो काम गर्ने मान्छेलाई हटाउन नहुने बताएका हुन् । उनले आफूलाई देश र जनताको पक्षमा काम गर्ने मान्छेको लोभ रहेको बताए ।

आफू राज्यमन्त्री हुनुअघिसम्म कुलमानसँग कुनै चिनजान नै नरहेको बताउँदै उनले मन्त्री भएपछि उनको काम गराइबाट प्रभावित भएको सुनाए । उनले कुलमानलाई हटाउने नियतको साथ मन्त्रालयका सचिवहरुले स्पष्टीकरण सोधेको सोध्यै गरेको भन्दै आपत्ति जनाए । जति नै स्पष्टीकरण सोधे पनि कुलमानले आफ्नो काम नछाडेको उनले बताए । कुलमानको पक्षमा आफूले हिजो पनि बोलेको र आगामी दिनमा पनि बोलिनै रहने उनले प्रतिवद्धता व्यक्त गरे ।

‘मलाई भोलि नै मन्त्रीबाट हटाए पनि पदको लोभ छैन । तर, यो देशमा काम गर्ने मान्छेको लोभ छ । चाहे जनजाति, दलित, खस होस्, हामीले काम गर्ने मान्छेको लोभ गर्नुपर्छ । मैले कुलमान घिसिङको विषयमा काम गर्ने मान्छेलाई निकाल्न हुँदैन भनेको छु । कुलमानजी कुन पार्टीको हो मलाई थाहा छैन, मेरो मन्त्रालयको कर्मचारी हो । यही जिल्लाको मान्छे हो कुलमान घिसिङ । मेरो घर पर्छ सोलुखुम्बुको सिमानामा, कुलमानको घर पर्छ काभ्रेको सिमानामा । म मन्त्री हुनु अगाडि कुमान घिसिङसँग बसेर पाँच कप चिया पनि खाएको छैन । मेरो चिनजान नै राम्रो छैन । तर, मन्त्री भएपछि मेरो कर्मचारी हो उहाँ । म साउन १८ गते मन्त्री भएँ । मैले उहाँले काम गरेको देखेँ । उहाँलाई हाम्रो मन्त्रालयबाट सचिवले स्पष्टीकरण लेखेको लेख्यै गर्छ । उहाँ काम गरेको गर्यै । ए कुलमानजी कहाँ भन्छु ? कहिले अपार तामाकोशी, कहिले पूर्वमा, कहिले पश्चिममा,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP