शनिबार , जेठ २५, २०८२

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा स्वागतका लागि जम्मा भएका राजावादी दलहरुले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राप्रपालगायतका दलले गरेको शक्ति प्रदर्शनमा जुलुस निकाल्दा विदेशीको तस्बिर प्रयोग गर्नुपरेको तर, विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा आफूहरु नभएको बताएका हुन् ।

प्रधानमन्त्री ओलील भने ‘एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं । अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन ।’

प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुराहरूमा लाग्ने फुर्सद नभएको र देश बनाउने अभियानमा लागेको बताए । उनले बाह्य अनुदान सहायतामा भर नपरी आफ्नै ढंगले मुलुकको विकासमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP