सोमबार , असार १५, २०८३

सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत भुलेर हर्कत गरिरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेपश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले फेरि सत्तामा फर्कन्छु भन्दै पूर्वराजा ज्ञानेन्द्रले हैसियत भुलेर हर्कत गरिरहेको बताएका हुन् । ‘म फेरि फर्कन्छु भनेर जुन खालको हर्कत भइरहेको छ, यो उसले आफ्नो हैसियत भुलेको हो,’– मन्त्री गुरुङले भने ।

साथै, आफ्नो परिवार, आफ्नो ज्यान, दरबार र राजतन्त्रको रक्षा गर्न नसक्ने राजसंस्थाले देशको रक्षा गर्न सक्छ भन्ने कुरामा विश्वास गर्न नसकिने उनले बताए । मन्त्री गुरुङले अब एउटा कूलमा जन्मिएकै कारण मुलुकको तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिएर शासन गर्न नपाइने बताए । ‘राजावादी मच्चिँदै हिँड्दैमा राजा फर्किन्छजस्तो लाग्दैन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP