सोमबार , असार १५, २०८३

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले आफूलाई सरकारले कार्यसम्पादनमा मूल्याङ्कनमा शून्य दिएको कुराले कुनै माने नराख्ने बताएका छन् । आज (बुधबार) नेपाल विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सय वा शून्य अंकले केही फरक नपार्ने बताएका हुन् । ‘मलाई शून्य दिएपनि, सय दिएपनि त्यसले पनि माने राख्दैन,’– उनले भने ।

साथै, सरकारले आफूलाई आज हो कि भोलि हो गरेर हटाउने भन्ने हल्ला आइरहेको उनले बताए । आफूले अन्तिम मिनेटसम्म जिम्मेवारीमा रहेर काम गर्ने उनले बताए । सरकारले अहिलेसम्म आफूलाई ५÷६ वटा स्पष्टीकरण सोधिसकेको र त्यसमा जवाफ पनि पठाएको उनले बताए ।

‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईँहरुले सुन्नुभएको होला । तर, भएपनि लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मलाई ५÷६ वटा स्पष्टीकरण सोधियो होला । जवाफ दिए होला, त्यसले माने राख्दैन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP