मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले एमाले र एमालेको नेतृत्वबाट मात्रै मुलुकको अवस्था बदल्न सम्भव रहेको बताएका छन् । आज (शनिबार) एमाले मोरङको १० औं अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुबाट मुलुकको अवस्था नबद्लिने बताएका हुन् ।

उनले एमालेमात्रै क्रान्तिकारी पार्टी रहेको र एमालेको नेतृत्वमा मात्रै मुलुकका सबै समस्याको समाधान सम्भव रहेको दाबी गरे । ‘यिनीहरू (कांग्रेस, माओवादीलगायत) ले मुलुकको आर्थिक असमानता र गरिबीको खाडल सक्दैनन् । एमालेको नेतृत्वमा मात्र यो सम्भव छ,’– बादलले भने ।

उनले माओवादीको नीति, विचार र नेतृत्वले नेपालको अवस्था बदल्न सक्ने पार्टी हो भन्ने कुरा पुष्टि नगर्ने बताए । उनले माओवादी, कांग्रेसलगायतका दललाई अवसरवादी र अस्थिरतावादीको संज्ञा दिए । कांग्रेस, माओवादीलगायतका दलबाट नेपालमा समाजवाद स्थापना सम्भव नरहेको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP