सोमबार , असार १५, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी थालेको आरोप लगाएका छन् ।शनिबार बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट शासन गर्न खोज्ने सरकारको प्रयास असफल हुने देखिएपछि सांसद किन्ने तयारी भइरहेको बताएका हुन् । उनले वर्तमान व्यवस्था काम नलाग्ने सावित भइसकेको दाबी गरे ।

साथै, उनले वर्तमान सरकार बनेको सात महिनामा कुनै पनि उपलब्धीमूलक काम नभएको बताए । अध्यक्ष लिङ्देनले प्रतिनिधि सभाको पहिला र दोस्रो ठूलो दल मिलेर सरकार बन्दा पनि जनतामा कुनै आशा जगाउने खालको काम हुन नसकेको बताए ।

सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारले सांसदहरु किन्ने प्रयास गरिरहेको आरोप लगाएका थिए । जसपा नेपालकी सांसद रेखा यादवले पनि सरकारले ५ देखि १० करोडको अफर गरेको आरोप लगाएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP