शनिबार , बैसाख ६, २०८२

नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो दाबीलाई हाँस्यास्पद भनेका छन् । प्रचण्डले आफ्नो दलको सहयोगमा कांग्रेस र एमाले ठूलो भएपनि पछिल्लो समय आफूहरुले साथ नदिएपछि सानो हुन थालेको टिप्पणी गरेका छन् ।

त्यसप्रति एमाले महासचिवले आपत्ति जनाउँदै दाहालको उक्त दाबीलाई हाँस्यास्पद भनेका छन् । प्रचण्डले अस्थिर र स्वार्थपरक नीीत तथा द्धैद्ध चरित्रको कारण माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाएको दाबी गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

नेकपा९एमाले० र नेपाली कांग्रेसको सहयोगमा सत्ता समिकरणको कथित म्याजिक नम्वर पाउन सफल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले ती दलहरुको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठुला भएको हास्यास्पद दावी गरेछन् ।

वास्तवमा सरकारको नेतृत्वमा रहदा पुष्पकमल दाहाल प्रचण्डले अवलम्वन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो । यो क्रम निरन्तर जारी छ । त्यसको हेक्का भएर नै प्रचण्डमा यतिवेला तिव्र निरासा र छटपटाहट देखिन थालेको छ ।

साच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुश्चक्रवाट मुलुकलाई वाहिर निकाल्ने हो राजनीतिक ध्रुविकरणको वाटोमा जानु आवश्यक छ ।त्यसका लागि अव आउने चुनावमा सबै राजनीतिक दलले गठवन्धन विना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ । यस्तो भएमा कथित म्याजिक नम्वरको नाममा साना दलले ठुला दलहरुमाथि शासन गर्ने स्थित अन्त्य हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP