सोमबार , चैत्र २४, २०८१

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति रोष प्रकट गरेका छन्।

मंगलबारको संसद् बैठकमा समय माग गर्दै सम्बोधन गरेका उनी कुलमानप्रति रुष्ट देखिँदै रोष प्रकट गरेका हुन्। मन्त्री खड्काले घिसिङले सरकारलाई टेर्दै नटेरको पनि जानकारी गराएका छन्।

‘उहाँ (कुलमान)ले केही राम्रा काम गर्नुभयो होला। त्यसका लागि उहाँलाई के दिनुपर्छ दिउँला। तर सञ्चालक समितिक निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न’, खड्काले भने।

खड्काले घिसिङकै कारण नेपालको लोडसेडिङ अन्त्य भएको पनि बताए। ‘भारतबाट विद्युत ल्याएर लोडसेडिङ अन्त्य गरिएको छ। भारतबाट विद्युत ल्याउन ट्रान्समिसन लाइन बनाउने काम के कुलमानका कारण भएको हो? पूर्वमन्त्रीहरूले पनि जान्नुहुन्छ’, खड्काले भने।

घिसिङ एउटा कर्मचारी भएर यत्रो प्रश्न गर्दै उड्ने पनि भने। ‘सञ्चालक समिति निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न। १०० प्रतिशत लगानी सरकारको छ। भाषण गर्दै हिड्नुहुन्छ कर्मचारी। यस्ता अराजक गतिविधिलाई सरकारले सधैं हेरेर बस्दैन। लगामत लगाउनुपर्छ’, खड्काले भने।

उनले एउटा कर्मचारिका विषयमा सरकारमाथि धेरै प्रश्न नउठाउन पनि सांसदहरूलाई आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP