मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले मुलुक बिस्तारै एमालेकरण भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजित नेपाल प्रेस युनियनको शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिलेको सरकारबाट सुशासनको प्रत्याभूति नभएको भन्दै प्रश्न उठाए ।

उनले भने,‘सामाजिक सञ्जालसम्बन्धी विद्येयक, यो विद्येयश भर्खरै संसद्मा गएको छ । छलफल हुन बाँकी नै छ । जसरी यो विद्येयक आएको छ, जस्तोका त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्छ । नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाईँदैन भन्ने कुरामा दुईमत छैन् । कुनैपनि हालतले यो विद्येयक फिर्ता गरिदिन सरोकारवालासँग माग गर्दछु । सबैसँग छलफल गरेर मात्रै यो विद्येयक ल्याउन माग गर्दछु ।’

उनले कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर आफूनै पहिला लागेको स्मरण गराए । उनले भने,‘यो सरकार बनाउने बेलामा हामीहरु सबै लागेका थियौं । दुई वटा ठूला दल मिलेर सरकार बनाउँ, सुशासन दिन सकिन्छ । संविधानमा संशोधन गर्न सकिन्छ । राजनीतिक स्थायित्व दिन सकिन्छ , र देशलाई समृद्ध बनाउनको लागि मैले नै पहल गरेको हो भन्दापनि हुन्छ । तर, जसरी यो सरकार चल्दैछ । अगाडि बढ्दैछ । संसद्लाई छलेर अध्यादेशहरु ल्याउने जमर्को गरिराखेको छ । त्यसले लोकतन्त्रलाइृ अप्ठ्यारोमा पारिरहेको छ । तपाईंको अध्यादेश राम्रो छ कि नराम्रो भन्ने कुरा पछिको कुरा हो । संसद् आउनुभन्दा ६ दिन पहिले, विद्येयक आउँछ । अध्यादेश ल्याईन्छ, के कारणले ल्याएको हो ? अहिले किन अर्जेन्सी पर्यो ? यो कुरामा सरकारले जवाफमा दिन जरुरी छ । हामीले यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो । कस्तो सुशासन दिन थालियो भने घुस दिनेलाई समात्ने अनि घुस लिनेलाई चाहीँ छोडिदिने ।’

कोइरालाले महान्यनयाधिविक्ता रमेश बडालको भूमिकामाथि पनि प्रश्न उठाए । उनले भने,‘अहिले महान्यायाधिवक्ताको क्रियाकलाप हेर्ने हो भने राज्यले दिएको अधिकारको दुरुपयोग भैराखेको छ । यसमा दुईमत छैन् । कताकता मलाई चिन्ता लागेको छ, हामीहरु सत्ता पक्षमा छौं, तर सरकारमा छैनौं । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकत्ता छ । हामी प्रतिष्पर्धी पनि हौं । एमाले र कांग्रेस प्रतिपष्र्धी हुन् । हामीले जे/जे कुरामा चिक्त बुझ्दैन, हामीले खबरदारी गरेर अगाढि जानुपर्ने आवश्यकत्ता छ ।’

उनले कांग्रेस र एमाले मिलेर माथिल्लो तहदेखि वडा तहसम्म राजनीतिक संयन्त्र बनाएर शासन गर्ने कुराको पनि विरोध जनाए । उनले भने,‘मलाई डर लागिरखेको छ, चिन्ता लागिरहेको छ, यो सरकार एमालेकरण त भैरहेको छैन भन्ने त चिन्ता लागेको छ। संयन्त्रले सरकार चलाउने कम्युनिष्टमा मात्रै हुन्छ । साम्यावादी देशमा मात्रै संयन्त्रले देश चलाउँछ । यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्र बनाउने काम भयो । अब वडापनि संयन्त्र बनाएर चलाउने दुस्प्रयास भैरहेको छ । लोकतन्त्रमा यसरी संयन्त्रले देश चलाउने होईन । यो कुरा हामीले बुझ्न जरुरी छ । विस्तारै नथाहापाउने तरिकाले एमालेकरण भैरहेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP