शनिबार , भाद्र १३, २०८३

भारतको ओडीसाको एक विश्वविद्यालयमा भएको घटनालाई लिएर प्रतिनिधि सभामा कुरा उठेको छ ।

आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्राबासमा रहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनामा छानबिनका लागि सरकारले प्रर्याप्त पहल नगरेको आरोप लगाउँदै नेपालको कूटनीतिक निकायको भूमिकामा प्रश्न उठाएका छन् ।

‘त्यो घटना एउटा विषेश घटनामा मात्र सीमित नरहेर म यसको प्रवृत्ति र आचरणमा जान चाहान्छु । हाम्रो डिप्लोम्याटिक रणनीति कति कमजोर भयो । छिमेकमा एउटा कलेजको चौकीदारले समेत हाम्रा नागरिकसमेत पिट्दिन थाल्यो । तिम्रो देशको बजेट मेरो कलेजको भन्दा पनि कम छ भनेर हेप्न पाए । दुई तिहाईको दम्भ सिंहदबार र सदनभन्दा बाहिर हाम्रा नागरिकले फिल गर्न पाएका रहेनछन् । हाम्रो कन्फिडेन्स त कतैपनि छैन् । सार्वजनिक सेवामा सुधार छैन् । छिमेकी देशमा हाम्रो नागरिकको आत्मसम्मान कतैपनि छैन’ उनले भने ।

आइतबार राती रुपन्देहीकी २१ वर्षिया लम्साल मृत फेला परेकी थिईन् । भारतीय एक नागरिकको प्रेसर सहन नसक्दा उनले आत्माहत्या गरेको त्यहाँ रहेका नेपाली विद्यार्थीको आरोप छ । ती युवा हाल प्रहरीको नियन्त्रणमा छन् । पक्राउ परेका युवा प्रकृतिको प्रेमी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP