
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
उनी आज विहान पत्नी निकिता पौडेलसँगै अदालत पुगेका हुन् । लामिछाने उक्त मुद्दामा गत माघ २ गते ६० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।