सोमबार , चैत्र २४, २०८१

नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारले प्रभु साहले संसद्मा मर्यदापूर्वक प्रश्न नसोधको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद्को मर्यादालाई ख्याल राखेर प्रधानमनत्रीलाई प्रश्न सोधिनुपर्ने बताएका हुन् । प्रश्न सोध्नेले पनि मर्यादाको ख्याल नगरेको र प्रधानमन्त्रीले पनि जवाफ दिएर ठीक नगरेको नेता परियारको भनाइ छ । हिजोको घटनाले समाजमा राम्रो सन्देश नगएको उनले बताए ।
‘प्रश्न पनि कस्ता सोध्ने, कतिवटा सोध्ने भन्ने कुरा नियमावलीमा छ । प्रश्नहरु पनि हामीले सोध्दा मर्यादापूर्वक सोध्दा राम्रो हुन्छ भन्ने हो । त्यही कुरालाई प्रस्तुत गर्ने शैली पनि फरक हुन्छ । कतिपय प्रश्नहरु प्रश्न हो कि होईन भन्ने खालका पनि थिए । हामीले यसलाई मर्यादापूर्वक संसद्को मर्यादालाई ख्याल गरेर प्रधानमन्त्रीलाई सोध्ने प्रश्न कस्तो खालको हुँदा उपयुक्त हुन्छ भन्ने कुरालाई पनि हामीले ध्यान दिनुपर्छ । हिजो जे भएको छ, त्यसले राम्रो सन्देश चाहीँ दिएको छैन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP