आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारले प्रभु साहले संसद्मा मर्यदापूर्वक प्रश्न नसोधको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद्को मर्यादालाई ख्याल राखेर प्रधानमनत्रीलाई प्रश्न सोधिनुपर्ने बताएका हुन् । प्रश्न सोध्नेले पनि मर्यादाको ख्याल नगरेको र प्रधानमन्त्रीले पनि जवाफ दिएर ठीक नगरेको नेता परियारको भनाइ छ । हिजोको घटनाले समाजमा राम्रो सन्देश नगएको उनले बताए ।
‘प्रश्न पनि कस्ता सोध्ने, कतिवटा सोध्ने भन्ने कुरा नियमावलीमा छ । प्रश्नहरु पनि हामीले सोध्दा मर्यादापूर्वक सोध्दा राम्रो हुन्छ भन्ने हो । त्यही कुरालाई प्रस्तुत गर्ने शैली पनि फरक हुन्छ । कतिपय प्रश्नहरु प्रश्न हो कि होईन भन्ने खालका पनि थिए । हामीले यसलाई मर्यादापूर्वक संसद्को मर्यादालाई ख्याल गरेर प्रधानमन्त्रीलाई सोध्ने प्रश्न कस्तो खालको हुँदा उपयुक्त हुन्छ भन्ने कुरालाई पनि हामीले ध्यान दिनुपर्छ । हिजो जे भएको छ, त्यसले राम्रो सन्देश चाहीँ दिएको छैन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP