सोमबार , चैत्र २४, २०८१

नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले भ्रष्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझै कमजोर भएको रिपोर्ट सार्वजनिक भएको विषयमा अहिले भ्रमको खेती भएको भन्दै वास्तविक तथ्य भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट सन् २०२४ को भएको र उक्त वर्षको आधिभन्दा बढि समय माओवादी नेतृत्वको सरकार रहेको तथ्य पेश गरेका छन् । पोख्रेलले फेशबुकमा लेखेका छन्-

भ्रमको खेती र वास्तविक तथ्य

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रस्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्ट सार्वजनिक गरेपछि नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलका नेता कार्यकर्ताहरु वर्तमान सरकारका कारणले त्यसो भएको भनेर तिखो आलोचना गरिरहेका छन् । जबकी उक्त रिपोर्ट सन २०२४ को हो । जुन वर्षको आधिभन्दा वढि समय माओवादी नेतृत्वको सरकार नै थियो ।

त्यसमाथि यसै वर्ष सुशासनका सन्दर्भमा प्रकाशित ६ वटा रिपोर्ट मध्ये तीनवटा रिपोर्टमा नेपालको अवस्था खस्किएको देखाइएको छ । विश्ववैंक लगायत तीनवटाको रिपोर्टमा भने नेपालको अवस्थामा सुधार भएको देखिन्छ । त्यस अर्थमा नेपालका सन्दर्भमा कुन रिपोर्ट भरपर्दो भन्ने कुरा आफ्ना ठाउमा छ । तर विग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ति सरकार र त्यसको नेतृत्वलाई जान्छ । होइन र ?

विगतको सरकारको काम ठिक नभएको र मुलुक संकटग्रस्त वन्न पुगेको निष्कर्शका आधारमा नै वर्तमान सरकार गठन भएको हो । दुई दलका बीचमा भएको ७ वुँदे सहमतिमा नै उक्त कुरा उल्लेख छ ।

वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड़ दिने काम भएको छ । लगानी प्रवर्धन र आर्थिक सुधारमा जोड दिइएको छ । यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनुपर्ला । होइन र ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP