मंगलबार , बैसाख २९, २०८३

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा उन्मुक्ति दिईएका पूर्व प्रधानमन्त्रीद्धय डा बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा सो रिटमाथि सुनुवाई जारी छ ।
२०७६ सालमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषद्को निर्णयका आधारमा भएको ललिता निवासको जग्गा किनबेचका मुख्य हर्ताकर्ता माधव र बाबुराममाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । रिटमा माधव बाबुरामसहित पुर्व मुख्यसचिव लिलामणी पौड्यालमाथि पनि मुद्दा चलाउनुपर्ने माग गरिएको छ ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले निर्णय सुनाउनका लागि २०७९ कात्तिक १५ गतेको मिति तोकेको थियो । तर, मुद्दाको निर्णय सुनाउनुअघि नै तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राणामाथि महाअभियोगको डन्डा वर्षाएपछि सो प्रकरण त्यसै डिसमिस बन्यो ।
५ वर्षमा १८ पटक पेशी र १३ पटक सुनुवाइको पालो आउँदापनि कुनै छिनोफानो हुन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP