सोमबार , चैत्र २४, २०८१

नेकपा (एमाले) कि नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि मानव अधिकार आयोगले अनुसन्धान अगाडि बढाएको छ । सांसद शर्मामाथि बालिकालाई घरेलु कामदार बनाइ श्रमशोषण गरेको आरोप छ । ती बालिकालाई केही महिनाअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । महानगरले सांसद शर्माविरुद्ध प्रहरीमा उजुरीसमेत दिएको थियो । महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि सो विषयलाई लिएर सरकारको आलोचनासमेत भएको थियो ।

आज (बुधबार) आयोगले एक विज्ञप्ति जारी गर्दै स्वविवेकीय क्षेत्राधिकारको प्रयोग गरी छानविन तथा अनुसन्धान थालेको जानकारी गराएको हो । सो घटनामा आयोगले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनलाई प्रहरीबाट पेश भएको रायसहितको प्रतिवेदन ७ दिनभित्र उपलब्ध गराउनसमेत भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP