शनिबार , बैसाख ६, २०८२

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारले संसदीय समितिको बैठकहरुमा सुराकी पठाएको आरोप लगाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले समिति र सदनमा सांसदहरुले के बोल्छन् भनेर सुराकीको रुपमा केही प्रहरी खटाएको आरोप लगाएका हुन् । ृउनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार राजाको शासन कालभन्दा पनि निरङ्कुश भएको टिप्पणी गरे ।

‘यतिसम्म कि अब मोबाइल (सामाजिक सञ्जाल) मा पनि विरोध गर्न बन्द गर्ने । संसद्मा पनि कुन दिन अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध हुन्छ । हामी सुन्छौं, सरकारका प्रहरीहरु सुराकीको काम गर्दैछन्, समितिमा के बोल्छन् सांसदहरु ? संसद्मा सांसदहरु कसरी प्रस्तुत भइरहेको छ ? यतिसम्म त राजाले पनि गर्दैन थियो,’– उनले भने ।

उनले सरकारले शान्तिपूर्ण विरोध गर्न पाउने नागरिकको हकमाथि प्रतिबन्ध लगाएको पनि आरोप लगाए । ‘नेपालमा लोकतन्त्र छ कि निरङ्कुशता ?’ भन्दै उनले प्रश्न गरे । निरङ्कुश भनिएको राजतन्त्रको बेलामा उफ्रिउफ्री विरोध र सभाहरु गर्ने नेता आज सत्तामा पुगेपछि आफैं निरङ्कुश बनेको उनले बताए ।

प्रधानमन्त्री र प्रधानमन्त्रीको दलले व्यस्त सडकमै मञ्च बनाएर कार्यक्रम गर्ने छुट पाएपनि आम नागरिकले विरोध गर्ने ठाउँ कहीँ कतै नपाएको उनले बताए । पूर्वमन्त्रीसमेत रहेका साहले सरकारले जनतालाई रून, हाँस्नसमेत नदिएको टिप्पणी गरे । ‘ठूला–ठूला नेता, प्रधानमन्त्रीज्यूहरुले सडकमै मञ्च लगाउनुहुन्छ । व्यवस्त सडकमा मञ्च बनाउनुहुन्छ, त्यो आम जनताले पाउँछ कि पाउँदैन । जो शासक छ, उही सडकमा सभा गर्छ । जनताले कहाँ सभा गर्ने ? कुनै ठाउँ दिँदैन । अरु पनि देशमा लोकतन्त्र छ, लोकतान्त्रिक व्यवस्था छ । सबै देशहरुमा सभा सम्मेलन गर्ने ठाउँ दिइएको हुन्छ । हिजो राजतन्त्र हुँदा सभा सम्मेलन गर्ने ठाउँ खुल्ला थिए । त्यतिबेला निरङ्कुश राजा भन्नेहरु आजको सिस्टमलाई के भन्ने ? आजको सिस्टमलाई लोकतन्त्र भन्ने ? जनतालाई रुन पनि नदिने, हाँस्न पनि नदिने ?’ प्रश्न गर्दै उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP