शनिबार , बैसाख ६, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली एमालेको नेतृत्वमा रहँदासम्म नेपालमा वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । आज (सोमबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पहिला निकै जोखिम मोलेर माअ‍ोवादी केन्द्र र एमालेबीच एकता भएको उनले स्मरण गराए । अध्यक्ष प्रचण्डले तत्कालीन नेकपालाई जनताले मन पराएको र भोट पनि दिएको बताए ।

‘वामपन्थी एकताको लागि भनेर धेरै ठूलो जोखिम उठाएर पहिला पनि हामीले पार्टी एकता गरेकै हो । चुनाव सँगै मिलेर लडेको पनि हो, जनताले साथ दिएको पनि हो । तर, एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालमा कम्युनिष्ट एकता, वामपन्थी एकता हुने स्थिति छैन,’– उनले भने ।

साथै, माओवादीको ध्यान अहिले सरकारतिर नरहेको उनको दाबी छ । अध्यक्ष प्रचण्डले माओवादी अहिले संगठन विस्तारको अभियानमा रहेको बताए । उनले भने, ‘अहिले हाम्रो सरकारमा ध्यान छैन । हामी जनतामा जाने, जागरण ल्याउने, नयाँ किसिमले पार्टी विस्तार गर्ने अभियानमा छौं । यो अभियान हाम्रो लागि, देशको लागि जरुरी भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP