शनिबार , बैसाख ६, २०८२

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई हिटलरको संज्ञा दिएका छन् ।

सोमबार बसेको संसद् बैठकको आकस्मिक समयमा बोल्ने क्रममा उनले आइतबार काठमाडौंको टेकुस्थित एक कवाड व्यवसायमाथि भएको धरपकडलाई लिएर बालेनमाथि आक्रोश पोखेका हुन् ।

‘हिटलरबाट कुनै समय जर्मनीमा नाजीवाद लादिएको थियो । कवाडी व्यवसायीमाथि डोजर चलाएर मजदुरमाथि ज्यादती गरिएको छ’, उनले भने, ‘महानगरको धरपकड र आक्रमणका कारण तीनजना मजदुर गम्भीर घाइते भएका छन् । त्यहाँ मुस्लिम, मधेसी सबै थिए । रौतहटका रञ्जन रौनियारसहितको गम्भीर अवस्थामा अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’

उनले कवाड व्यवसायीमाथि गरिएको आक्रमणलाई लिएर हिम्मत भए सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रधानमन्त्रीको कार्यालय र सिंहदरबार भत्काएर देखाउन पनि बालेनलाई चुनौती दिए ।

‘यो काठमाडौंको मेयरको नाजीवादी शैली चल्दैन । हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा जाने, व्यवसाय गर्ने अधिकार छ’, उनले भने, ‘अहिले जसले जे पनि गर्ने जस्तो भएको छ । के यो न्याय मरेको देश हो ?’

उनले मेयर बालेन तानाशाही भएर निस्केको पनि बताए । ‘जर्मनीको हिटलर र इटालीको मुसोलिनी जस्तै भएको छ काठमाडौंको मेयर’, उनले भने, ‘सरकारबाट अनुमति लिएर व्यवसाय गर्नेमाथि भएको यो धरपकड निन्दनीय छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP