आइतबार , जेठ २६, २०८२

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले अध्यादेशबाट शासन चलाउन खोज्नु गलत रहेको बताएका छन् । आज (सोमबार) गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको मूल्य, मान्यता र पद्धति अध्यादेशबाट शासन गर्ने नभएको बताए ।

साथै, कांग्रेसलाई दुई दलीय शासन व्यवस्था र राष्ट्रपतीय शासन पद्धति स्वीकार्य नरहेको उनले बताए । ‘हाम्रो मूल्य, पद्धति भनेको अध्यादेशको माध्यमबाट मात्रै शासन चलाउने होईन, अध्यादेशको माध्यमबाट सुशासन दिने होईन । हाम्रो मूल्य, पद्धति भनेको दुईवटा अधिवेशनको बीचमा अत्यन्तै जरुरी परे अध्यादेश ल्याउने, तर सामान्य अवस्थामा कानुनको निर्माण गर्ने अन्तिम थलो संसद्बाट भएको हुनाले संसद्बाट नै नियम, कानुन बनाउनुपर्छ,’– नेता साउदले भने ।

पार्टीका केही जिम्मेवार साथीहरुले आर्थिक प्रगति र सुशासनको लागि अध्यादेश ल्याएको भन्दै बचाउ गर्ने गरेको पनि उनले सुनाए । तर, सुशासन र आर्थिक प्रगतिको लागि अध्यादेश नभएर संसद्बाट नियमित प्रक्रियामा कानुन नै बनाइनुपर्ने उनको भनाइ छ । ‘केही महत्वपूर्ण जिम्मेवारीमा भएका साथीहरुले बोलेको सुन्छौं, आर्थिक प्रगति गर्न अध्यादेश ल्याएका हौं, सुशासन दिन अध्यादेश ल्याएका हौं ? सुशासन दिन र आर्थिक प्रगति गर्नका लागि त कानुन नै बनाउन राम्रो हुन्छ । कानुकै बाटोबाट त्यहाँ पुग्न सकिन्छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP