शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी र मधेशी दलहरुलाई साथमा नलिइ संविधान संशोधन गर्न नसकिने बताएका छन् । आज (सोमबार) गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेसँग दुवै सदनमा दुईतिहाइ बहुमत हुँदापनि माओवादी, मधेशवादी दल र सरोकारवाला निकायलाई साथमा नलिइ संविधान संशोधन गर्न नहुने बताएका हुन् ।

‘संविधानमा अहिले चेन्ज गर्ने भन्नुभयो । फेरि ओलीजीले भन्दिनुभयो–०८७ मा चेन्ज हुन्छ संविधान । संविधान चेन्ज गर्ने त नेपाली कांग्रेस र एमालेले मात्रै गरेर पनि हुँदैन । दुई तिहाइ हाम्रो छ, ल राष्ट्रिय सभामा पनि हाम्रो दुई तिहाई भयो रे । अनि संविधान चेन्ज गर्दिने ? माओवादीसित पनि कुरा गर्नुपर्छ, मधेशका दलहरुसित पनि कुरा गर्नुपर्छ, सरोकारवाला निकायहरुसित पनि कुरा गर्नुपर्छ । अनिमात्रै संविधानमा के–के चेन्ज गर्ने हो ? त्यसरी जानुपर्छ,’– उनले भने ।

उनले संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा महिला, दलित आदिको सिट सुनिश्चित गरेर प्रत्यक्ष निर्वाचित प्रणालीमात्रै राखिनुपर्ने बताए । महिला–महिलाबीचमा र दलित, दलितको बीचमा चुनाव गराएर अगाडि बढ्नुपर्ने उनले बताए । संविधानको समानुपातिक समावेशी चरित्रलाई चुनावबाटै ल्याउनुपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP