आइतबार , जेठ २६, २०८२

धरान उपमहानरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले नेपाली कांग्रेसका नेता मीन विश्वकर्मासँग २१ करोड ९३ लाख २४ हजार तीन सय ७९ रुपैयाँको हिसाब खोज्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेका छन् । नगरप्रमुख साम्पाङले कांग्रेस नेता विश्वकर्मामाथि छानविन गरी दोषी पाइएमा हदैसम्मको कारबाहीको मागसमेत गरेका छन् ।

पूर्वउद्योग वाणिज्य मन्त्री तथा पूर्व संसदसमेत रहेको विश्वकर्माले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदा एडीबीबाट १ अर्ब ५० करोड ऋण अनुदान ल्याएर खानेपानी योजनाको काम गरेको बताएको उनले अख्तियारको पत्रमा उल्लेख गरेका छन् । तर, धरान उपमहानगरपालिकाको लेखा शाखाले दिएको लिखत जानकारीअनुसार ऋण र अनुदान जोडेर जम्मा १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६ सय २१ रुपैयाँ मात्रै खर्च भएको पाइएको उनले बताएका छन् ।

२१ करोड ९३ लाख २४ हजार तीन सय ७९ रुपैयाँको हिसाब कांग्रेस नेता विश्वकर्मासँग माग्न उनले अख्तियारलाई आग्रह गरेका छन् । ‘बाँकीको रकम रु.२१,९३,२४,३७९ रुपैयाँ के कसरी कहाँ खर्च भएको हो सो बुझी जानकारी पठाइदिन अनुरोध छ । हिसाब नदेखाएको खण्डमा कानुन बमोजिमको आवश्यक कारबाही गरिदिनु पनि अनुरोध गर्दछु,’– नगरप्रमुख साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी, सुनसरीलाई लेखेको पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP