मंगलबार , बैसाख २९, २०८३

जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंले गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । आज (बिहीबार) दलितका लागि दलित अभियानका संयोजक खग्रेन्द्र सुनार गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरी परिसर भद्रकाली पुगेका थिए । प्रहरीले गृहमन्त्रीको जाहेरी लिन नमिल्ने बताएको सुनारले सुनाए ।

‘गृहमन्त्री रमेश लेखकले जातीय विभेद र कानुनविपरीतको काम गरेकाले हामी जाहेरी लिइर प्रहरी परिसर भद्रकाली पुगेका थियौं । तर, गृहमन्त्री जोडिएको मुद्दामा जाहेरी लिन मिल्दैन भनेर प्रहरीले दर्ता गर्नै मानेन,’– सुनारले रिपोर्टर्स नेपालसँग भने ।

सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामले अन्तरजातीय विवाह गरेकोमा त्यसलाई छुटाउन गृहमन्त्री लेखक नै लागिपरेको समाचार बाहिरिएको थियो । उक्त प्रकरणमा सत्यन्द्रलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशनमा प्रहरी भारत गएको, सत्यन्द्रलाई बालविवाहलगायतका झुठा मुद्दामा फसाउन खोजेको आरोप लागेको थियो । नेहाका बाबु र गृहमन्त्री लेखकबीच नजिकको दोस्ती रहेको र गृहमन्त्रीले शक्तिको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

दलितका लागि दलित अभियानका संयोजक सुनारले गृहमन्त्री लेखकले जातीय छुवाछुत तथा भेदभावको कसुर गरेकाले अबिलम्ब पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन माग गर्दै जाहेरी लिएर गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP