शनिबार , बैसाख ६, २०८२

जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंले गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । आज (बिहीबार) दलितका लागि दलित अभियानका संयोजक खग्रेन्द्र सुनार गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरी परिसर भद्रकाली पुगेका थिए । प्रहरीले गृहमन्त्रीको जाहेरी लिन नमिल्ने बताएको सुनारले सुनाए ।

‘गृहमन्त्री रमेश लेखकले जातीय विभेद र कानुनविपरीतको काम गरेकाले हामी जाहेरी लिइर प्रहरी परिसर भद्रकाली पुगेका थियौं । तर, गृहमन्त्री जोडिएको मुद्दामा जाहेरी लिन मिल्दैन भनेर प्रहरीले दर्ता गर्नै मानेन,’– सुनारले रिपोर्टर्स नेपालसँग भने ।

सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामले अन्तरजातीय विवाह गरेकोमा त्यसलाई छुटाउन गृहमन्त्री लेखक नै लागिपरेको समाचार बाहिरिएको थियो । उक्त प्रकरणमा सत्यन्द्रलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशनमा प्रहरी भारत गएको, सत्यन्द्रलाई बालविवाहलगायतका झुठा मुद्दामा फसाउन खोजेको आरोप लागेको थियो । नेहाका बाबु र गृहमन्त्री लेखकबीच नजिकको दोस्ती रहेको र गृहमन्त्रीले शक्तिको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

दलितका लागि दलित अभियानका संयोजक सुनारले गृहमन्त्री लेखकले जातीय छुवाछुत तथा भेदभावको कसुर गरेकाले अबिलम्ब पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन माग गर्दै जाहेरी लिएर गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP