आइतबार , जेठ २६, २०८२

प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार गणितबाट नचल्ने भन्दै चेतावनी दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संवाद गर्दै उनले संसद्मा बहुमत भएपनि बंगलादेशमा शेख हसिनाले सरकार टिकाउन नसकेको बताए । उनले जनताको सहयोगबाट मात्रै सरकार टिक्ने बताए ।

‘जनताको सहयोगबाट, जनताको पर्सेप्सनबाट सरकार चल्ने हो । गणितले सरकार चल्दैन । गणित त बंगलादेशमा पनि दुई तिहाइ थियो । शेख हसिनाको संसद्मा दुई तिहाइ गणित थियो नि । दुई तिहाइको गणितले शेख हसिनालाई टिकाउन सकेन । प्रधानमन्त्री के देशमै टिकाउन सकेन । जनताको दिनचार्य एकदम गाह्रो भइरहेको छ, युवाहरु पलायन भइरहेका छन्, रोजगारी पाइराखेका छैनन्, न्याय पाइराखेका छैनन् । जो दलमा लागेको छ, उसले जे लुटेपनि छुट । यो दलको नाममा जुन छुट छ, त्यो लामो चल्दैन,’– उनले भने ।

साथै, सामाजिक सञ्जाल नियमणसम्बन्धी विधेयकको विरोध गरिने पनि उनले बताए । २१औं शताब्दीमा नियमनको नाममा सामाजिक सञ्जालमा नियन्त्रण गर्न नसकिने उनको भनाइ छ । ‘सामाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयकको विरुद्धमा हामी मतदान गर्छौं । सामाजिक सञ्जाल अहिलेको जमानामा नियन्त्रण गर्न मिल्दैन । नियमनको नाममा नियन्त्रण गर्न खोजिएको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP