बुधबार , चैत्र २६, २०८१

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र कार्यकर्ताले चाहेको मान्छेलाई नेता बनाउने अवसर प्राप्त भएको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अखिल (क्रान्तिकारी) को निर्वाचनले नयाँ पुस्तामा नेतृत्व निर्माण र आफूले चाहेको मान्छेलाई नेता बनाउने विधिको स्थापना गरेको बताएका हुन् ।

साथै, आफूले नेतृत्व (पुष्पकमल दाहाल ‘प्रचण्ड’) संग कहिले पनि टक्कर नगरेको उनको स्पष्टोक्ति छ । विधि स्थापित गर्ने कुरालाई नेतृत्वसँगको टक्करको रुपमा जोड्न नहुने उनको भनाइ छ । अखिल (क्रान्तिकारी) को हालै सम्पन्न निर्वाचनमा प्रचण्डनिकट मानिने विजयप्रकाश शर्मा सापकोटा अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, शर्मानिकट मानिने धेरै उम्मेदवारहरु पदाधिकारीमा निर्वाचित भएका थिए । अध्यक्षमा प्रचण्डनिकट सापकोटा निर्वाचित भएपनि बहुमत टिम शर्मानिकट नै निर्वाचित भएका छन् ।

‘नेतृत्वलाई टक्कर दिने कुरा होईन । यो पार्टीभित्रको विधि स्थापित गर्ने कुरा हो । नयाँ पुस्तामा नेतृत्व ल्याउने कुरा हो । त्यो कुरा स्थापित भएको छ । माओवादीभित्र अब विद्यार्थीको नेतृत्व नयाँ पुस्तामा गएको छ । नयाँ पुस्तामा नेतृत्व निर्माण भएको छ, विधि स्थापित भएको छ । कार्यकर्ताले चाहेको मान्छेलाई नेता बनाउने एउटा अवसर प्राप्त भएको छ । त्यसकारणले यो पार्टीभित्र आन्तरिक लोकतन्त्रको कुरा हो । पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापित गर्ने कुरा नीतिगत रुपले, व्यवहारिक रुपले माओवादीले अब सुरुवात गरेको छ । स्थापित गरेको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP