सोमबार , असार १५, २०८३

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र कार्यकर्ताले चाहेको मान्छेलाई नेता बनाउने अवसर प्राप्त भएको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अखिल (क्रान्तिकारी) को निर्वाचनले नयाँ पुस्तामा नेतृत्व निर्माण र आफूले चाहेको मान्छेलाई नेता बनाउने विधिको स्थापना गरेको बताएका हुन् ।

साथै, आफूले नेतृत्व (पुष्पकमल दाहाल ‘प्रचण्ड’) संग कहिले पनि टक्कर नगरेको उनको स्पष्टोक्ति छ । विधि स्थापित गर्ने कुरालाई नेतृत्वसँगको टक्करको रुपमा जोड्न नहुने उनको भनाइ छ । अखिल (क्रान्तिकारी) को हालै सम्पन्न निर्वाचनमा प्रचण्डनिकट मानिने विजयप्रकाश शर्मा सापकोटा अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै, शर्मानिकट मानिने धेरै उम्मेदवारहरु पदाधिकारीमा निर्वाचित भएका थिए । अध्यक्षमा प्रचण्डनिकट सापकोटा निर्वाचित भएपनि बहुमत टिम शर्मानिकट नै निर्वाचित भएका छन् ।

‘नेतृत्वलाई टक्कर दिने कुरा होईन । यो पार्टीभित्रको विधि स्थापित गर्ने कुरा हो । नयाँ पुस्तामा नेतृत्व ल्याउने कुरा हो । त्यो कुरा स्थापित भएको छ । माओवादीभित्र अब विद्यार्थीको नेतृत्व नयाँ पुस्तामा गएको छ । नयाँ पुस्तामा नेतृत्व निर्माण भएको छ, विधि स्थापित भएको छ । कार्यकर्ताले चाहेको मान्छेलाई नेता बनाउने एउटा अवसर प्राप्त भएको छ । त्यसकारणले यो पार्टीभित्र आन्तरिक लोकतन्त्रको कुरा हो । पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापित गर्ने कुरा नीतिगत रुपले, व्यवहारिक रुपले माओवादीले अब सुरुवात गरेको छ । स्थापित गरेको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP