शनिबार , भाद्र १३, २०८३

दुई दिनदेखि जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध फरक मत ल्याएका महामन्त्री डा धवलशमसेर राणाको चर्को आलोचना भएको छ ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा लिङ्देनको राजनीतिक प्रतिवेदनलाई टक्कर दिँदै महामत्री जबराले १६ बुँदे फरक मत ल्याएका थिए । जबराले अध्यक्ष लिङ्देनको कार्यशैलीका कारण राप्रपाको अवस्था खस्किएको भन्दै प्रतिवेदन ल्याएपछि आजको बैठकमा संस्थापन पक्षले आलोचना गरेको हो ।

बैठकमा संस्थापन निकट मानिने सहमहामन्त्री धनबहादुर बुढाले एमालेबाट राप्रपामा आएका महामन्त्री जबराले लिङ्देनको निष्ठा र इमान्दारितामाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाएका थिए ।

‘महामन्त्रीज्यू कुनै बेला एमाले पार्टीमा हुनुहुन्थ्यो, एमाले राजसंस्थावादी पार्टी हो ?पार्टीका नेताहरू पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दजस्ता नेता गणतन्त्रका पक्षमा उभिँदासमेत आफ्नो निष्ठा नछाड्ने अध्यक्षलाई निष्ठा र इमान्दारीको प्रश्न गर्न मिल्छ ?’ बुढाले प्रश्न गर्दै भने ।

अर्का केन्द्रीय सदस्य उद्धवराज भेटवालले दुष्कर्मको संज्ञा दिएको भन्ने शब्द फिर्ता लिएर युवाहरूसमक्ष माफी माग्न महामन्त्री राणालाई अनुरोध गरेका थिए । ‘पार्टीमा आएका युवालाई तिरस्कार गर्ने तर, पार्टीको सिद्धान्त र संगठन छाडेर अर्को पार्टीका चिह्नमा चुनाव लड्न जाने नेताचाहिं चाहिने ?’ उनको प्रश्न थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP