शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई महाअभियोगको धम्की दिएपछि वर्तमान सरकार बनेको खुलासा गरेका छन् । आज (शुक्रबार) दाङको तुलसीपुरमा आयोजित पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रपति पौडेले संवैधानिक व्यवस्था बमोजित नेपालको संविधानको धारा ७६ (३) मा जान चाहँदा पनि कांग्रेस–एमालेका नेताहरुको दवाबमा परेर काम गर्नुपरेको बताएका हुन् ।

वर्तमान सरकार संविधान मिचेर बनेको दाबी गर्दै प्रचण्डले यो असंवैधानिक, जनविरोधी र गैरकानुनी रहेको दाबी गरे । पौडेल राष्ट्रपति आफ्नो कारणले बनेको दाबी गर्दै प्रचण्डले उनले आफूसँग संविधान नमिच्ने वाचा गरेको बताए । तर, धर्म संकटमा परेर राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान गर्नुपरेको बताए ।

‘अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले, माओवादी केन्द्रकै कारणले रामचन्द्र पौडेल राष्ट्रपति बन्नु भएको हो । उहाँले ढुक्क रहनुस् म संविधान मिच्न दिन्न भन्नु भएको थियो । राष्ट्रपतिजीले संविधान मिच्न चाहनु भएन । तर… महाअभियोगको लगाउँछौं भनेपछि उहाँ धर्म संकटमा पर्नुभयो,’– उनले भने ।

वर्तमान सरकार डरको कारण बनेको उनको दाबी छ । केही फरार अभियुक्त पक्राउ परेपछि अब हाम्रो पालो आयो भनेर कांग्रेस–एमाले डराएको उनको दाबी छ । ‘यो सरकार जो गठन भयो मैले प्रतिनिधि सभाको हलबाट पनि भनेको थिएँ, यो सरकार बन्नुको मूल कारण डर हो । केही फरार अभियुक्तहरु पक्राउ परेपछि अब हाम्रो पालो आयो भन्ने बुझेर उनीहरुले गठबन्धन गरे । बडो अपारदर्शी, आफ्नै पार्टीका नेताबाट लुकाएर, जसका विरुद्ध मैले अभियान सुरु गएको थिएँ, तिनै विचौलियाहरुको घरमा रातको १२ बजे सम्झौता भयो,’– उनले भने ।

साथै, आफू प्रधानमन्त्री हुँदा नै ‘मेरोविरुद्ध कुनै उजुरी छन् भने छानविन अगाडि बढाउनुस्’ भनेर प्रहरीलाई निर्देशन दिएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP