शुक्रबार , बैसाख ५, २०८२

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् । आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामकारबाहीविरुद्ध यसअघि निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएका शेखरलेवर्तमान सरकारले छ महिनाका अवधिमा काम गर्न नसक्नुलाई स्वाभाविक मान्नुपर्ने बताए । ‘छ महिनाको अवधिमा कुनै सरकारले धेरै काम गर्न सक्दैन,’ उनले भने ।

संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । उनले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्ने बताए ।

नेता कोइरालाले हालै आफ्नो बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग खोल्न आग्रह गरेको बताए । यसबाट नेपालको दुई छिमेकी मुलुकबाट हुने व्यापार घाटा कम हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP