शुक्रबार , बैसाख ५, २०८२

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले कांग्रेस–एमालेको अहिलेको सरकारले एकपछि अर्कोगरि अवैध काम जारी राखेको भन्दै आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गठन नै अवैध र संविधानविपरित भएको भन्दै अहिले राजनीतिक संयन्त्रको नाममा आतंक मच्चाईएको आरोप लगाए । संविधान संशोधनको नाटक गरेर संविधान र संसद्ले चिन्दै नचिनेको संयन्त्र सक्रिय गराउनु अराजकताको पराकाष्ठा भएको साहको आरोप छ ।

आजपाको आज बसेको उपत्यकाविशेष कमिटीको बैठकमा साहले संविधानले नचिन्ने राजनीतिक संयन्त्रको नाममा राज्यमा आतंक सिर्जना गरिएको भन्दै तत्काल उक्त कदम सच्याउन सरकारलाई चेतावनी दिएका छन् । संसद् छलेर भूमाफीयाहरुको स्वार्थमा भूमिसम्बन्धी अध्यादेश ल्याईएको र उक्त अध्यादेशको सबैभन्दा सुरुमा स्वार्थ समूहका नाइकेहरुबाट नै स्वागत हुनुले पनि अहिलेको सरकार दलालहरुको सेवामा तल्लिन रहेको कुरा पुष्टि भएको साहको आरोप छ ।

उनले संसद् फेश गर्न नसकेर सरकारले अध्यादेशमार्फत शासन गर्नु गलत भएको र आफूहरुले त्यसको ठाडै विरोध गरेको पनि स्मरण गराए । साहले वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवम् अनैतिक ढंगले भएकोले यसले जनताको सेवा भन्दापनि विचौलिया र दलालको सेवा गरिरहेको पनि आरोप लगाए ।

दुई तिहाईको बलियो सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली जनतामाँझ निस्किनसमेत नसकेको भन्दै उनले अहिलेको सरकारलाई विस्थापित गर्नुपर्ने धारणा राखे । उनले भने,‘अहिलेका प्रधानमन्त्री पूरै बालुवाटारको खोपीमा थुनिनुपरेको छ, जनतामाँझ निस्किन सक्ने अवस्था छैन्, यत्रो प्राकृतिक विपत्ति आयो, प्रधानमन्त्री बेपत्ता हुनुभयो, जनता पहिरोले पुरिएर र बाढीले बगाएर ज्यान गुमाउन विवश हुँदा उहाँ विदेश शयरमा हुनुहुन्थ्यो, नेपाल आउँदा अशोभनीय टिप्पणी गर्नुभयो, भर्खरै ठूला पर्वहरु भए, ल्होसार अनि माघे संक्रान्ति, उहाँ टुँडिखेलमा पनि जानुभएन । जनताबाटै असुरक्षित प्रधानमन्त्रीले कसरी शासन गर्न मिल्छ ? भन्दै उनले प्रश्न गरे ।

उनले कानूनी सुधारको नाममा अध्यादेशको आतंक सिर्जना गर्दा लोकतन्त्र नै खतरामा परेको अनि संसद्को सर्वोच्चताको खिल्ली उडाउने काम भएको टिप्पणी गरे । उनले संयन्त्रमा विज्ञको नाममा कतै स्वार्थ समूहका प्रतिनिधि राखेर तिनीहरुले राज्यदोहन त गर्दैनन् भन्ने आशंका गर्ने ठाउँ रहेको पनि सुनाए । आजपाले अनावश्यक कर हटाउन सर्वपक्षीय अन्तरक्रिया गरेको छ । उक्त बैठकले सरकारको मनपरी कर आतंकविरुद्ध बृहत्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP