आइतबार , भाद्र १४, २०८३

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलगायतको विरुद्ध मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीविरुद्ध भोलि पुरक अभियोग दायर गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी रहेको छ ।

आज (बिहीबार) १७ जनाविरुद्ध थप अभियोग पत्र दायर भएको छ । गितेन्द्रबाबु राईसहित २८ जनाविरुद्ध यसअघि नै अभियोग दायर भइसकेको थियो । आजको थप अभियोगमा प्रतिवादी जिबी राईसहित १७ जनाविरुद्ध संगठित अपराधको कसुर पनि समावेश गरिएको छ ।

पहिले नै मुद्दा दायर भइसकेकाहरुको कसुरमा आज थप कसुर र विगो थप गरेर अभियोग लगिएको र पुरक अभियोग भने भोलि दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछाने र जोशीलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP