शनिबार , भाद्र १३, २०८३

संसद्मा रहेका विभिन्न ६ दलले कांग्रेस-एमाले नेतृत्वको वर्तमान गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको दाबी गरेका छन् । भोलि (शुक्रबार) विपक्षी गठबन्धनमा रहेका दलहरुले संयुक्त वक्तव्य जारी गर्दैछन् । त्यसको लागि तयार पारिएको वक्तव्यको मस्यौदामा सरकार सञ्चालनको लागि अहिलेको गठबन्धनले नैतिक आधार गुमाएको निश्कर्ष निकालिएको छ ।

आजपाका अध्यक्ष प्रभु साह, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त हस्ताक्षरसहित जारी गर्ने उक्त वक्तव्यमा अहिलेको सरकार बहुमतको दम्भमा एकपछि अर्को जनविरोधी कदम चाल्न उद्धत रहेको निश्कर्ष निकालिएको छ ।

विपक्षी दलहरुले सरकारले हालै ल्याएका विभिन्न अध्यादेश खारेजीको मागसमेत गरेका छन् । अहिलेको सरकारले भ्रष्टाचारविरोधी अभियानलाई पूरै अवरुद्ध गरेको पनि विपक्षी दलहरुको आरोप छ । सरकारले तत्काल हिउँदे अधिवेशको आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशन लागि एकढिक्का भएर अघि बढ्ने पनि उनीहरुको घोषणा छ ।
@FILEPHOTO

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP