शनिबार , भाद्र १३, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्ण सहमति रहेको बताएका छन् । आज (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अध्यादेशको एउटा शब्दमा पनि देउवाको विमति नरहेको बताएका हुन् । उनले शीर्ष नेतृत्व तह, ब्यूरोक्रेशीको शीर्ष नेतृत्व र विज्ञहरुसमेतको सल्लाह, राय, परामर्शपछि अध्यादेश ल्याइएको बताए ।

‘सरकारमा रहेका दलहरुको एकता, यसबाट सुदृढ ढंगबाट प्रस्तुत भएको छ । एउटा अक्षरमा कतै पनि असहमति कहीँपनि छैन । पूर्ण सहमतिका साथ यी अध्यादेशहरु आएका छन्,’– उनले भने ।

उद्यमी व्यवसायीहरु समेतको समस्यासमेत सुनेर ती समस्याहरुको समाधान गर्नका लागि अध्यादेश ल्याइएको प्रधानमन्त्री ओलीले बताए । धेरै सावधानी र मेहनतका साथ अध्यादेश तयार गरिएर मन्त्रिपरिषद्ले पारित गरेको उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP