शनिबार , भाद्र १३, २०८३

सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब १ अर्ब ६३ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने भएकको छ । मन्त्रिपरिषद् बैंकले समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्नेसहित विभिन्न २८ वटा निर्णय गरेको हो ।

त्यस्तै, सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी बृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यवासायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले पाटन उच्च अदालतका न्यायाधीश विदुर कोइरालालाई विशेष अदालतको सदस्य तोकेको छ । नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका १५ जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गरेको छ । ९ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरुको सरुवासमेत गरिएको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुदमन्त्रीलाई मलेसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई साउदी अरेवियाको रियादमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP