शनिबार , जेठ १८, २०८२

सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब १ अर्ब ६३ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने भएकको छ । मन्त्रिपरिषद् बैंकले समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्नेसहित विभिन्न २८ वटा निर्णय गरेको हो ।

त्यस्तै, सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी बृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यवासायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले पाटन उच्च अदालतका न्यायाधीश विदुर कोइरालालाई विशेष अदालतको सदस्य तोकेको छ । नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका १५ जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गरेको छ । ९ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरुको सरुवासमेत गरिएको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुदमन्त्रीलाई मलेसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई साउदी अरेवियाको रियादमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 131 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु