सोमबार , असार १५, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले साना दललक्षित गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले आपत्ति जनाएको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले उक्त दल विभाजनसम्बन्धी अध्यादेशले आफूहरुलाई कुनै असर नगर्ने भएपनि सरकारको कदम घातक हुने बताए ।

उक्त अध्यादेश ल्याएमा सरकारलाई पाप लाग्ने उनको टिप्पणी छ । ‘त्यो अध्यादेशले हामीलाई कुनै असर त गर्दैन । तर, त्यो अध्यादेश ल्याउनु पाप हुनेछ । सरकारलाई पाप लाग्ने छ,’– उनले भने ।

साथै, प्रधानमन्त्री बनेरमात्रै ओलीको सबै चाहना पूरा नहुने उनले बताए । उनले ओलीको सबै चाहना पूरा हुन राजा बन्नका लागि सुझाव दिए । ‘प्रधानमन्त्रीको चाहना छ के–के न छ । त्यो सबै चाहना पूरा गर्नलाई राजा हुनुपर्छ, प्रधानमन्त्रीमात्रै भएर हुँदैन । राजै भइदिए भैहाल्छ नि जंगबहादुर,’– उनले भने ।

साथै, संविधान संशोधनको चर्चा चलिरहेको अवस्थामा प्रधानमन्त्री ओली नै पछाडि हट्न खोजेको उनको आरोप छ । उनले व्यङ्ग्य गर्दैै प्रधानमन्त्री ओलीलाई दीर्घ जीवनको शुभकामनासमेत दिए । संविधान संशोधनको एजेण्डाबाट प्रधानमन्त्री ओली पछाडि हट्दा सत्तारुढ दल नेपाली कांग्रेसले पनि दह्रो तरिकाले बोल्न नसकेको उनले बताए ।

‘संविधान संशोधनको चर्चा चलिरहेको छ । प्रधानमन्त्रीजीले अब २०८७ सम्म हामी गर्दै गर्दैनौं भने । उनको दीर्घ जीवनको लागि शुभकामना छ । २०८७ सम्म किन रोक्नु भएको छ संविधान संशोधन ? संविधान संशोधन सबैभन्दा अपरिहार्य चिज हो । त्यो संविधान संशोधनका लागि सम्झौता गरेको नेपाली कांग्रेसपनि दह्रो तरिकाले बोल्दैन । तिनका एक दुई नेताहरु सामाजिक सञ्जालमा बोल्छन् । तर, संविधान संशोधनबाट सरकार पन्छियो । किन पन्छियो भन्ने कुराको जवाफ दिँदैन,’– उनले भने ।

संविधान संशोधन हुँदै गर्दापनि फरक विचार राख्ने पार्टीहरुको धारणा समान हुनुपर्ने उनले बताए । मधेशवादी दलहरुले संविधान संशोधनबारे समान धारणा बनाउन नै सहकार्यको प्रस्ताव गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP