आइतबार , बैसाख ७, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । आज (शनिबार) राप्रपाले आयोजना गरेको चियापान समारोहमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको र यसले प्रजातन्त र बहुदलीय व्यवस्थासमेत मास्न चाहिरहेको बताएका हुन् ।

सरकारले पछिल्लो समय ल्याइरहेको विधेयकमा केन्द्रीत हुँदै अध्यक्ष लिङ्देनले भने, ‘यो सरकार सर्वसत्तावादतर्फ गइराखेको छ । नियमित रुपमा बोलाउनुपर्ने संसद् नबोलाएर देश अध्यादेशको बाटोमा लैजानुभनेको यो सरकारको नियत के हो भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ । यो सरकार प्रजातन्त्र र बहुदलीय व्यवस्थासमेत मास्न चाहन्छ । यसको हामीले सशक्त प्रतिवाद गर्छौं ।’

त्यस्तै, फरक प्रसंगमा उनले एकअर्काको शर्त मिलेको र विश्वासको वातावरण सिर्जना भएको खण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकता हुने बताए । उक्त चियापान समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापापनि सहभागी भए । राप्रपाका अध्यक्ष लिङ्देनले भने, ‘सधै सम्भावना छदै छ नि । कुरा मिल्यो, शर्तहरु मिले, एकअर्कामा विश्वासको वातावरण सिर्जना भयो भने जुनसुकै बेला मिल्न सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP