शनिबार , भाद्र १३, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनीसहित सात जना प्रतिवादीसँग धरौटी माग गरेको थियो ।

लामिछाने ६५ लाखको बैंक जमानत (बैंक ग्यारेन्टी) बुझाएर रिहा भएका हुन् । लामिछानेविरुद्ध काठमाडौं, पर्सा, रुपन्देही र चितवनमा पनि मुद्दा छ । कास्कीबाट रिहा हुनेवित्तिकै उनलाई पक्राउ पर्ने तयारी थियो । तर, आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुने शर्तमा लामिछानेलाई छाडिएको हो ।

रास्वपाका नेता मिलन लिम्बुका अनुसार सभापति लामिछाने आज पोखरा बसेर भोलि विहान काठमाडौं आउनेछन् । ‘उहाँ आज पोखरा नै बस्नुहुन्छ । भोलि विहान काठमाडौं आउनु हुन्छ,’– नेता लिम्बुले रिपोर्टर्स नेपालसँग भने ।

अदालतबाट रिहा भएसँगै लामिछानेलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लगेको छ । स्वास्थ्य परीक्षणपछि लामिछानेलाई परिवारका सदस्यको जिम्मा लगाइने प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP