शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले ७ बुँदे सहमतिको विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) झापाको कचनकवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् ।

उनले स्थिरत सरकारको लागि संविधान संशोधन जरुरी रहेको बताए । ‘२०८७ मा मात्र संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ । संशोधन त गर्ने छ,’– उनले भने ।

संविधान संशोधन कुन विषयमा र कहिले गर्ने भन्ने कुरा प्रधानमन्त्री ओलीमा मात्रै निहित नरहेर गठबन्धन दलको नेतृत्वले सल्लाह गरेर गर्ने महामन्त्री शर्माको भनाइ छ । प्रधानमन्त्री ओलीले हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभाको यो कार्यकालमा संविधान संशोधन नहुने बताएका थिए ।

कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएर वर्तमान गठबन्धन सरकार बनेको थियो । उक्त सहमतिमा संविधान संशोधनलाई विशेष प्राथामिकतामा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP