मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसले मधेश प्रदेश सरकार परिवर्तनको गृहकार्य गरिरहेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश सरकारलाई कांग्रेसले सहयोग नगरेको आरोप लगाइरहँदा यता सरकार परिवर्तनको गृहकार्य भएको हो । मधेशमा अहिले जनमतबाट सतिश कुमार सिंह मुख्यमन्त्री छन् । मुख्यमन्त्री सिंहलाई सत्तारुढ दलहरुले नै असहयोग गरिरहेका छन् ।

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादव अब मधेश सरकारको नेतृत्व आफूहरुले गर्ने बताउँछन् । उनले सतिशको पालो सकिएको र अब कांग्रेसले नेतृत्व लिने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भने मधेश सरकारको नेतृत्व एमालेले गर्ने बताए ।

‘मधेशमा सरकार परिवर्तन हुन लागेको हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘हुनै पर्यो नि । १३ सिट छ, ८ महिना कि कति भइसक्यो । पालो त उसको सकिइसक्यो नि । अब कांग्रेसको मुख्यमन्त्री हुन परेन त ? अब त पालो कांग्रेसको छ नि त । कांग्रेस अहिले मधेशमा पनि दोस्रो पार्टी हो । कुनैको स्पष्ट बहुमत छैन । अब कांग्रेसको पालो छ, कांग्रेसपछि एमालेको मुख्यमन्त्री बन्छ । हाम्रो पार्टी सभापति प्रधानमन्त्री भएको बेला एमालेको पालो आउँछ ।’

कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा अहिले कांग्रेसको २२, एमालेको २५ (सभामुखसहित), जनता समाजवादी पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, जनता समाजवादी पार्टी, नेपालको १९, नेकपा (माओवादी केन्द्र) को ९, नेकपा (एकीकृत समाजवादी)को ७, नागरिक उन्मुक्ति पार्टीको १, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ र नेपाल सङ्घीय समाजवादी पार्टीको १ सिट रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP