आइतबार , जेठ २६, २०८२

नेपाली कांग्रेसले मधेश प्रदेश सरकार परिवर्तनको गृहकार्य गरिरहेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश सरकारलाई कांग्रेसले सहयोग नगरेको आरोप लगाइरहँदा यता सरकार परिवर्तनको गृहकार्य भएको हो । मधेशमा अहिले जनमतबाट सतिश कुमार सिंह मुख्यमन्त्री छन् । मुख्यमन्त्री सिंहलाई सत्तारुढ दलहरुले नै असहयोग गरिरहेका छन् ।

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादव अब मधेश सरकारको नेतृत्व आफूहरुले गर्ने बताउँछन् । उनले सतिशको पालो सकिएको र अब कांग्रेसले नेतृत्व लिने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भने मधेश सरकारको नेतृत्व एमालेले गर्ने बताए ।

‘मधेशमा सरकार परिवर्तन हुन लागेको हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘हुनै पर्यो नि । १३ सिट छ, ८ महिना कि कति भइसक्यो । पालो त उसको सकिइसक्यो नि । अब कांग्रेसको मुख्यमन्त्री हुन परेन त ? अब त पालो कांग्रेसको छ नि त । कांग्रेस अहिले मधेशमा पनि दोस्रो पार्टी हो । कुनैको स्पष्ट बहुमत छैन । अब कांग्रेसको पालो छ, कांग्रेसपछि एमालेको मुख्यमन्त्री बन्छ । हाम्रो पार्टी सभापति प्रधानमन्त्री भएको बेला एमालेको पालो आउँछ ।’

कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा अहिले कांग्रेसको २२, एमालेको २५ (सभामुखसहित), जनता समाजवादी पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, जनता समाजवादी पार्टी, नेपालको १९, नेकपा (माओवादी केन्द्र) को ९, नेकपा (एकीकृत समाजवादी)को ७, नागरिक उन्मुक्ति पार्टीको १, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ र नेपाल सङ्घीय समाजवादी पार्टीको १ सिट रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP