शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार व्यवसायीहरुको विरुद्धमा रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले व्यवसायीहरुलाई सहुलियत दिएर अप्ठ्यारो अर्थतन्त्रलाई सहजीकरण गर्ने नचाहेको बताएका हुन् । उनले सहजीकरण भन्दा पनि सरकारले व्यवसायीलाई निचोर्ने र दुहुने नीति लिएको बताए ।

‘अहिले एउटा खतरा के भने देश आर्थिक रुपले अप्ठ्यारोमा छ । अप्ठ्यारोमा भएको बेलामा व्यवसायीहरुलाई सहुलियत दिएर अप्ठ्यारो अर्थतन्त्रलाई सहजीकरण गर्ने जिम्मेवारी राज्यको हुनुपर्नेमा अझ तिनलाई निचोर्ने, दुहुने र त्यहीबाट आर्थिक समस्या हल गर्ने जो प्रवृत्ति नेपालमा छ, समस्याको चुरो त्यही हो साथीहरु,’– उनले भने ।

अहिले विदेशबाट पैसा (रेमिट्यान्स) आउन छाडेको, लगानी पनि नभित्रिएको र बैंकमा पैसा थुप्रिएको अवस्था रहेको बताउँदै प्रचण्डले सरकारले व्यवसायका लागि उपयुक्त वातावरण बनाउनै नचाहेको बताए । राज्यले सोझा, सिधा, कमजोर र धेरै आम्दानी नहुने ब्यवसायीको हरुलाई करमाथि कर थुपारेर त्यहीबाट समस्याको हल खोजेको उनको टिप्पणी छ । आफू राज्यको यस्तो नीतिको विरुद्धमा रहेको पनि प्रचण्डले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP