आइतबार , बैसाख ७, २०८२

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आगामी यात्रामा कहिल्यै भेट नहुनेजस्तो गरी अभिव्यक्ति नदिन आग्रह गरेका छन् । आज (शुक्रबार) नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण समारोहमा सहभागी भएका नेता बर्तौलालले राजनीतिक नेतृत्वले जहिले पनि समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए ।

अहिले संसद्को गणितको यथार्थता सरकार बनिरहने र भत्किने रहेको भन्दै उनले यसलाई लोकतन्त्रमा स्वाभाविक मान्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री प्रचण्ड सहभागी सो कार्यक्रममा नेता बर्तौलाले पदहरु अस्थायी रहने, सहिष्णुता कायम गरेर जाने र देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्ने कुरा मुख्य रहेको बताए ।

‘आगामी यात्रामा कुनैपनि घुम्तीमा कहिल्यै पनि भेटै नहुनेजस्तो गरी अभिव्यक्ति आउने कुराले नेपालको राजनीति सफा हुन खोजिरहेको छैन । आज हामी सरकारमा छौं । नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाउँदै गर्दापनि हामी यो पक्षलाई ख्या गर्न चाहन्छौं । नेतृत्व तहबाट पनि त्यही प्रकारको सकारात्मक सन्देश जानेगरीको अभिव्यक्तिहरु र भोलिका अनेक घुम्तीहरुमा फेरिपनि भेट हुनसक्छ भन्ने स्मरण गर्दै अगाडि बढ्नुपर्ने छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP