शनिबार , भाद्र १३, २०८३

नेकपा एकता अभियानका संयोजक वामदेव गौतम पार्टी एकताबारे छलफल गर्न एकीकृत समाजवादीको मूख्यालय आलोकनगर पुगेका छन् । सोमबार पनि आलोकनगर पुगेका थिए । तर, उक्तदिन कुरा नमिलेपछि उनी यसै फर्किएका थिए ।

आलोकनगरमा गौतम एक्लै पुगेका छन् भने समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा र निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल पार्टी मूख्यालयमका आएका छन् ।

गौतम एकीकृत समाजवादीक अध्यक्ष नेपालसँग छलफल गर्न सोमबार दिउँसो आलोकनगर पुगेका थिए । तर, माधवसँग कुरा मिल्न सकेको छैन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने विषयमा गौतम र नेपालबीच कुरा नमिलेको बताईएको छ ।

एमालेमा भित्रिन लामो समय प्रयास गर्दापनि सफल नभएका गौतम तत्काल आफ्नो अभियानलाई एकीकृत समाजवादीमा मिसाउन चाहान्छन् । उनलाई एकीकृत समाजवादीले तेस्रो वरीयता दिने तयारी गरेको छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन ।

एकीकृत समाजवादीमा प्रवेश गर्न नेता गौतमले केही शर्त अगाडि सारेका छन् । जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लाई पार्टीले स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनको शर्त छ । तर, पार्टीको दोस्रो बरियतामा रहेका सम्मानित नेता झलनाथ खनाल भने जबजको विरुद्धमा छन् ।

सर्वोच्च अदालतले तत्कालीन नेकपालाई छिन्नभिन्न बनाईदिएपछि निष्कृय बनेका गौतमले २०७८ भदौ १८ गते नेकपा एमाले परित्यागको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए।

त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहेका छन्। उनी हाल राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP