सोमबार , असार १५, २०८३

एमालेबाट निश्काषित डा. भीम बहादुर रावलले अहिले भ्रष्टाचारमा परेका ठूला भनिएकाहरुलाई जोगाउने काम भएको भन्दै आक्रोश पोखेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्धपनि फितलो बनाईएको भन्दै असन्तुष्टि पोखेका छन् ।

एमालेबाट निश्काषनमा परेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै रावलले आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएका हुन् । उनले अहिले देश र जनताको अवस्था दयनीय बनाईएको टिप्पणी गरे । उनले सत्ताका बागडोर लिएकाहरुले भ्रष्टाचारलाई प्रशय दिइरहेको आरोप लगाए ।

उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अ‍ोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । उनले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए । उनले देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको सुनाए ।

उनले एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP