आइतबार , जेठ २६, २०८२

एमालेबाट निश्काषित डा. भीम बहादुर रावलले अहिले भ्रष्टाचारमा परेका ठूला भनिएकाहरुलाई जोगाउने काम भएको भन्दै आक्रोश पोखेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्धपनि फितलो बनाईएको भन्दै असन्तुष्टि पोखेका छन् ।

एमालेबाट निश्काषनमा परेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै रावलले आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएका हुन् । उनले अहिले देश र जनताको अवस्था दयनीय बनाईएको टिप्पणी गरे । उनले सत्ताका बागडोर लिएकाहरुले भ्रष्टाचारलाई प्रशय दिइरहेको आरोप लगाए ।

उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अ‍ोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । उनले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए । उनले देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको सुनाए ।

उनले एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP