शनिबार , भाद्र १३, २०८३
भीम रावललाई पद्मा अर्यालको सुझावः कमीकमजोरी आत्मसात् गरेर एमालेमै फर्किँदा हितकर छनेकपा (एमाले) कि सचिव पद्मा अर्यालले कमीकमजोरीलाई आत्मसात् गरेर पार्टीमै फर्किन भीम रावललाई सुझाव दिएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेमै फर्किनु रावलको लागि हितकर रहेको बताएकी हुन् । एमाले सचिवालय बैठकले पार्टीका पूर्व उपाध्यक्षसमेत रहेका, पूर्व उपप्रधान एवं गृहमन्त्री रावलको सकृय सदस्यता खारेज गरेको थियो । एमालेले सकृय सदस्यता खारेज गरिदिएपछि रावलले आज पार्टी घोषणाको लागि पत्रकार सम्मेलन आयोजना गरेका छन् । तर, एमालेका केही नेताहरु रावलले कमिकमजोरी आत्मसात् गरेर फर्किनुपर्ने पक्षमा छन् ।
पार्टी सचिव अर्यालले भनिन्, ‘अस्ती पार्टीले एउटा निर्णय गरेको छ, यो सबैको सर्वसम्मतको निर्णय छ । उहाँले विगतबाट शिक्षा लिएर विगतका कमजोरीलाई आत्मसात् गरेर फर्केर फेरि एमालेमा काम गर्नेजस्तो हितकर कुरा उहाँलाई केहीपनि छैन । त्यही गर्दा हुन्छ । उहाँले महसुस गरेर आउँदा हुन्छ ।’
सचिव अर्यालले एमालेमा रावलको ठूला लगानी रहेको बताईन् । रावलले अर्को कोर्ष निर्माण गर्ने भन्दा पनि एमालेमै फर्किनु हितकर रहेको उनको भनाइ छ । ‘उहाँ पार्टीको नेता हो । यत्रो लगानी गर्नुभएको छ । अहिले पनि फरक कोर्ष निर्माण गर्ने भन्दा पार्टीमा बसेर काम गर्ने कुरा नेतृत्वसँग सल्लाह गर्ने हो । रोजेको पद त पाइँएन । अध्यक्ष हार्ने अनि राजेकै पद त पाइएन,’– उनले भनिन् ।
रावलले महाधिवेशनमा हारिसकेपछि पनि पदको अपेक्षा गरेर पार्टीले दिएको जिम्मेवारी पुरा नगरेको, पार्टी नेतृत्वको निरन्तर आलोचनामात्रै गरेको र पार्टीलाई बनाउने भन्दापनि कमजोर पार्ने गतिविधि गरेको सचिव अर्यालको भनाइ छ । पार्टी पक्षको कुरा नगर्ने र पार्टीको निर्णयलाई च्यालेन्ज गर्ने, नेतृत्वलाई च्यालेन्ज गर्नेहरु पार्टी बाहिर बस्दा नै राम्रो हुने उनको भनाइ छ ।
‘पार्टीमा बसेपछि पार्टीको पक्षको कुरा गर्नुपर्छ । पार्टी पक्षको कुरा, वर्गीय कुरा र जनपक्षीय कुरा नगर्ने हो भने कुन पार्टीमा बस्ने ? पार्टी विरोधी कुरा गर्न पार्टीमा बस्ने होईन, बाहिर बस्ने हो,’– उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP