मंगलबार , बैसाख २९, २०८३

पार्टी एकताबारे छलफल गर्न एकीकृत समाजवादीको मूख्यालय आलोकनगर पुगेका नेकपा एकता अभियानका संयोजक वामदेव गौतम कुरा नमिलेपछि त्यसै फर्किएका छन् ।

गौतम एकीकतृ समाजवादीक अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्न सोमबार दिउँसो आलोकनगर पुगेका थिए । तर, माधवसँग कुरा नमिलेको स्रोतले जनाएको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने विषयमा गौतम र नेपालबीच कुरा नमिलेको बताईएको छ ।

आजको भेटमा नेताहरुको व्यवस्थापनबारे पनि कुरा भएको तर, सहमति नभएको स्रोतले जनाएको छ । एकीकृत समाजवादीमा जान लागेका गौतम आफ्नो अभियानलाई एकीकृत समाजवादीमा मिसाउन चाहान्छन् । उनलाई एकीकृत समाजवादीले तेस्रो वरीयता दिने तयारी गरेको छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन ।

एकीकृत समाजवादीमा प्रवेश गर्न नेता गौतमले शर्त अगाडि सारेका छन् । जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लाई पार्टीले स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनको शर्त छ । तर, पार्टीको दोस्रो बरियतामा रहेका सम्मानित नेता झलनाथ खनाल भने जबजको विरुद्धमा छन् ।

सर्वोच्च अदालतले तत्कालीन नेकपालाई छिन्नभिन्न बनाईदिएपछि निष्कृय बनेका गौतमले २०७८ भदौ १८ गते नेकपा एमाले परित्यागको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए।

त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहेका छन्। उनी हाल राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP